कार्यालयकै कुर्सीमा हाकिम सा’व मस्त निदाएपछि…



मोरङ : तराईक्षेत्रमा यो बेला चर्को गर्मी बढेको छ । दिउँसको समयमा गर्मीले अत्यधिक सताउने गरेको छ । यो चर्को गर्मीमा एकजना हाकिम सा'व कार्यालयकै कुर्सीमा मस्त निदएका भेटिए । 

आइतवार दिउँसो सेवाग्राहीकारुपमा उर्लाबारी नगरपालिकाको कार्यालयमा सेवाग्राही बनेर पुगेका स्थानीय पत्रकार  तेजन खड्काले हाकिम सा'वलाई मस्त निदाएको भेट्टाए ।

उर्लाबारी नगरपालिकास्थित पशुपंक्षी शाखाका प्रमुख पशु विकास अधिकृत श्यामानन्द यादव कार्यालय समयमा मस्त निदाएको अवस्थामा भेटिएका हुन् । 

आइतवार दिउँसो साढे २ बजे खड्कासहितको सञ्चारकर्मीको टोली त्यहाँ पुग्दा उनी निदाइरहेका थिए । सञ्चारकर्मीले उठाउने प्रयास गर्दा उनी निद्रा पुर्‍याइरहेका थिए । 

बोलाउँदा पनि नउठेपछि सञ्चारकर्मीले उनी सुतेको तस्बिर कैद गरेका छन् । सञ्चार्कमीले तस्बिर खिच्दा पनि उनले थाहा पाएनन् । जनताको सेवामा खटिने हाकिम कार्यालयमै निदाएपछि सेवाग्राहीलाई समस्या हुने गुनासो स्थानीले गरेका छन् । ब्युँझिएपछि यादवले आफू थाहै नपाइ झकाएको बताएका छन् । 

प्रतिक्रिया दिनुहोस्