चितवनमा प्रचण्डले भने : बम पड्काएर परिवर्तन हुन्छ भन्नु विप्लवको ठूलो भ्रम



चितवन : नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का अध्यक्ष एवम् पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले बम पड्काइ जनता आतंकित बनाएर परिवर्तन आउँछ भन्नु विप्लवको ठूलो भ्रम रहेको बताएका छन्।

नेत्रविक्रम चन्द विप्लवलाई वार्ता, संवादमा आउन आग्रह गरेका दाहालले बम पड्काएर परिवर्तन भ्रम मात्रै हुने बताए। ‘एक, दुई बम पड्काएर जनतालाई आतंकित पारी चन्दा उठाएर हिँड्ने यो अवस्था होइन,’ चितवन कैलाशनगर माविमा पुगेका दाहालले भने, ‘घटना गराएर परिवर्तन हुन्छ भन्नु ठूलो भ्रम हो।’

देशमा कम्युनिष्टलाई जनताले दुईतिहाइ मत दिएको बताउँदै उनले कम्युनिस्टकै सरकारले वार्ता, संवादबाटै समाधन खोज्ने वातावरण भएको दाहालले बताए।

‘यो ०५२ साल होइन। हामी २०७६ सालमा पुगेका छौं। संसारले नेपालको शान्ति प्रक्रियालाई हेरेको छ,’ दाहालले भने, ‘विप्लवलगायत सबैलाई राम्रैसँग चिन्छु। उहाँहरू गलत बाटो हिँड्दै हुनुहुन्छ भनेर मैले भन्दै आएको छु।’

प्रतिक्रिया दिनुहोस्