शंकास्पद एक सिरियाली पक्राउ



कोलम्बो : श्रीलंकाली प्रहरीले एक जना शंकास्पद  सिरियालीलाई पक्राउ गरेको छ। प्रहरीले उनीसँग त्यहाँ आइतबार भएका आत्मघाती विस्फोटबारे सोधपुछ गरिरहेको सैनिक सूत्रलाई उद्धृत गर्दै सञ्जारमाध्यमले जनाएका छन्।

स्रोतका अनुसार प्रहरीको आतंकवाद अनुसन्धान विभागले विस्फोटपछि शंकास्पद एक जना सिरियाली नागरिक पक्राउ गरेको र सोधपुछ गरिरहेको छ। संदिग्ध स्थानीयसँगको सोधपुछपछि ती सिरियालीलाई प्रहरीले पक्राउ गरेको यसबारे जानकार सुरक्षा अधिकारीले बताएको समाचार एजेन्सीले उल्लेख गरेका छन्।

आइतबार श्रीलंकाभरि नै भएका ८ आत्मघाती विस्फोटको जिम्मेवारी अहिलेसम्म कुनै पनि आतंकवादी संगठनले लिएका छैनन्। ४ वटा पाँचतारे होटल र ३ वटा चर्चमा भएका विस्फोटमा २ सय ९० जना मारिएका थिए। विस्फोटमा ५ सयभन्दा बढी घाइते भएका छन्।

प्रतिक्रिया दिनुहोस्