महिला क्रिकेटमा एपिएफलाई स्वर्ण 



दाङ : आठौं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत महिला क्रिकेटमा एपिएफले स्वर्ण जितेको छ। दाङको लमहीमा मंगलबार भएको खेलमा प्रदेश–१ लाई ८७ रनले पराजित गर्दै एपिएफले स्वर्ण जितेको हो। पराजित प्रदेश–१ ले रजत पदकमा चित्त बुझायो।

एपिएफले प्रस्तुत गरेको १ सय २९ रनको लक्ष्य पछ्याएको प्रदेश–१ १९.४ ओभरमा अलआउट हुँदै ४१ रनमा समेटियो। प्रदेश १ का लागि रश्मी शर्मा चौलागाइले २७ रन बनाउनु बाहेक अन्य खेलाडीले दोहोरो अंक जोड्न सकेनन्। एपिएफका लागि सीता राना मगर, सरिता मगर, रितु कनौजियाले समान २–२ विकेट लिए।

यसअघि टस जितेर ब्याटिङ गरेको एपिएफले २० ओभरमा सबै विकेट गुमाएर १२८ रन बनाएको थियो। एपिएफका लागि ज्योती पाण्डेले सर्वाधिक ४५ बनाउदा सीता राना मगरले ४२ रनको योगदान दिइन्। बलिङतर्फ प्रदेश–१ कि रुविना क्षेत्री, सवनम राई र संगिता राइले समान ३–३ विकेट लिए।

प्रतियागिताको ‘प्लेर अफ द म्याच’ सीता राना मगर, बेस्ट बलर प्रदेश–१ कि संगिता राई, बेष्ट ब्याट्सम्यान प्रदेश–७ कि कबिता जोशी र ‘प्लेयर अफ द टुनामेन्ट’ प्रदेश १ कि रुविना क्षेत्री घोषित भए। प्रतियोगितामा प्रदेश–७ तेस्रो भयो।

प्रतिक्रिया दिनुहोस्