विवाह लगत्तै मैदान छिरेकी सीता बनिन् उत्कृष्ठ खेलाडी



काठमाडाैंः वैशाख ४ गते विवाह थियो। दुलही बन्नुपर्ने मान्छे ३ गते राती मात्रै घर पुगिन्। घरपरिवारले दुलही मान्छे अन्तिम समयमा घर आउने भनेर गुनासो गरे। भोलीपल्ट बाँकेको कोहलपुरमा विवाह भयो। दुलही बनेर माइतीघरबाट मकवानपुरको हेटौँडा पुगिन्।

बुहारीका रुपमा घरभित्र पस्ने औपचारिकता मात्रै निर्वाह गरेर क्रिकेट खेलाडी सीता रानामगर हतार हतार दाङको लमही फर्किन्। यो खबर आजको कान्तिपुर दैनिकमा दुर्गालाल केसीले लेखेका छन्।

सीताको विवाहको समयमा उनको टोली खेल्दै थियो। विवाह गरेर हेटौँडा पुगेकी उनी कोहलपुर आउँदा सेमिफाइनल र फाइनल खेल खेल्दै दुबैमा उत्कृष्ठ खेलाडी बनिन्। उनको टिमले प्रदेश २ लाई हराउँदै आफ्नो टिम एपीएफलाई कप्तानी गर्दै फाइनलमा प्रवेश गराइन्। उनको टिमले प्रदेश २ लाई ६७ रनले हरायो, जसमा सीताले २६ रन हानिन्। २ विकेट पनि लिँदै बुमन्स अफ द म्याच भइन्।

प्रतिक्रिया दिनुहोस्