भारतको अरुणाञ्चलमा ६.१ म्याग्निच्युटको भूकम्प



काठमाडाैंः  भारतको अरुणाञ्चलमा शक्तिशाली भूकम्प गएको छ। आज (बुधबार) बिहान २ बजे भारतको असम केन्द्रविन्दु भएर ६.१ म्यगग्निच्युटको भूकम्प गएको हो। भारतमा गएको भूकम्पको मापन मापन नेपालमा पनि गरिएको भूकम्प मापन केन्द्रका चिन्तन तिम्सिनाले जानकारी दिए।

अमेरिकी भौगर्भिक संस्था यूएसजीएसका अनुसार सो भूकम्प ६.१ म्याग्निट्युडको थियो।अरुणाञ्चलको इटानगरबाट १८० किलोमिटर दक्षिण पश्चिम केन्द्रबिन्दु भएर गएको भूकम्पको धक्का अरुणाञ्चल, नेपाल र चीनको सीमावर्ती क्षेत्र तिब्बतमा पनि महसुस गरिएको थियो।

प्रतिक्रिया दिनुहोस्