अझै आक्रमण गर्ने षड्यन्त्र भइरहेको छ : अमेरिका



कोलम्बो : अमेरिकाले श्रीलंकामा अझै आक्रमण गर्ने षड्यन्त्र आतंकवादीहरूले गरिरहेको बताएको छ।

श्रीलंकाका लागि अमेरिकी राजदूत एलेना बी. टेप्लिजले बुधबार राजधानी कोलम्बोमा आइतबारको आक्रमणबारे अमेरिकी गुप्तचर एजेन्सीले पूर्वसूचना नपाए पनि अझै आक्रमणको सम्भावना व्यक्त गरेकी हुन्।

‘हामीले ती आत्मघाती आक्रमणबारे कुनै पूर्वसूचना पाएका थिएनौं’, उनले पत्रकारहरूमाझ भनिन्, ‘तर अझै आक्रमण गर्ने षड्यन्त्र भइरहेकोमा अमेरिका विश्वस्त छ। आतंकवादीहरूले कुनै सूचना नदिई आक्रमण गर्न सक्छन्। खासगरी धेरै भिडभाड हुने सार्वजनिक स्थानहरूमा आक्रमण हुन सक्छ।’

प्रतिक्रिया दिनुहोस्