पुरुष भलिबलको स्वर्ण नेपाल पुलिसलाई



बाँके : आठौं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत पुरुष भलिबलको स्वर्ण नेपाल पुलिसले क्लबले जितेको छ। बाँकेको खजुरस्थित भलिबल एकेडेमीमा भएको उपाधि भिडन्तमा त्रिभुवन आर्मी हराउँदै पुलिसले स्वर्ण जितेको हो। पराजित आर्मीले कांस्य पदकमा चित्त बुझायो।

पहिलो सेट २५–१८ ले जितेको पुलिसले दोस्रो सेट २३–२५ ले गुमाएको थियो। त्यसपछि लगातार दुई सेट २५–२० र २५–१८ ले जित्दै पुलिसले उपाधि पोल्टामा पारेको हो।

प्रतिक्रिया दिनुहोस्