बेयरस्टोको शतकमा पन्जाबको सानदार जित



काठमाडौँ । जोनी बेयरस्टोले सानदार नटआउट शतक बनाएपछि पन्जाब किङ्सले इन्डियन प्रिमियर लिग ९आइपिएल० मा शुक्रवार कोलकाता नाइट राइडर्सलाई ८ विकेटले हराएको छ ।

२ सय ६२ रनको लक्ष्य पछ्याएको पन्जाबका लागि बेयरस्टोको शतकसँगै प्रभसिमरन सिंह र शंशाक सिंहले अर्धशक बनाएपछि ८ बलअघि २ विकेटको नोक्सानीमा पूरा गरेको थियो ।

४८ बलमा बेयरस्टोले ९ छक्का र ८ चौको मद्दतमा नटआउट १ सय ८ रन बनाएका थिए । त्यस्तै २८ बलमा शंशाकले ८ छक्का र २ चौकाको मद्दतमा नटआउट ६८ रन जोडेका थिए ।

प्रभसिमरनले २० बलमा ५ छक्का र ४ चौकाको मद्दतमा ५४ रन बटुले । राइली रोसोउले १६ बलमा २ छक्का र १ छक्कासहित २६ रन जोडे । कोलकाताका लागि सुनिल नारिनले १ विकेट लिएका थिए ।

त्यसअघि टस हारेर ब्याटिङका लागि आमन्त्रण गरिएको कोलकाताले फिल साल्ट र सुनिल नारिनको अर्धशतकसँगै निर्धारित २० ओभरमा ६ विकेटमा २ सय ६१ रन बनाएको थियो ।

साल्ट र नारिनले पहिलो विकेटका लागि १ सय ३८ रन बनाउँदै बलियो सुरुवात दिलाएका थिए । साल्टले ३७ बलमा समान ६ छक्का र चौका साथ ७५ रन बनाए ।

नारिकले ३२ बलमा ९ चौका र ४ छक्का साथ ७१ रन जाडे । त्यसपछिका ब्याटरले पनि इनिङ्स सम्हाल्ने कोशिस गरे । ब्याङटेस एयरले २३ बलमा ३९, आन्द्रे सलेले १२ बलमा २४ रन, श्रेयस एयरले १० बलमा २८ जोडेका थिए । पन्जाबका अर्शदिप सिंहले २, साम करन, हर्सल पटेल, साहुल चाहरले समान १ विकेट लिए ।

९ खेलपपिछ पन्जाबको ६ अंक पुगेको छ र टोली आठौं स्थानमा छ । १० अंकसहित कोलकाता दोस्रो स्थानमा छ । शीर्षस्थानको राजस्थान रोयल्सको १४ अंक छ । आइपिएलमा शनिबार दिल्ली क्यापिटल्स र मुम्बई इन्डियन्स तथा दोस्रो खेल लखनउ सुपर जाइन्ट्स र शीर्षस्थानको राजस्थान रोयलबीच हुनेछ । एजेन्सी

प्रतिक्रिया दिनुहोस्