आलाेपालाेबारे सबैलाई थाहा भइसक्याे किन बाेलिराख्नपराे : अध्यक्ष दाहाल



चितवन : सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले सरकारको नेतृत्व आलोपालो गरेर सञ्चालन गर्ने बताएका छन् ।

गृहनगर चितवन पुगेका प्रचण्डले भने, ‘अब त सबै कुरा सबैलाई थाहा भइसक्यो । सहमतिअनुसार सबै कुरा चल्छ । अब किन बोली राख्नुपर्यो ।’

लोकसेवाको कर्मचारी भर्ना प्रक्रियाबारे संसदीय समितिले निर्णय गरेको बताउँदै उनले प्रधानमन्त्री फर्केपछि पार्टीमा छलफल गरेर सकारात्मक ढंगले समस्याको समाधान गर्ने बताए।

गुठी विधेयक आन्दोलनरत पक्षसँग वार्ता गरेर परिमार्जन गरिने पनि उनले बताए। भरतपुर महानगरपालिका–१६ मा बन्न थालेको क्रिक्रेट रंगशाला देशकै गौरवको आयोजनामा केही उल्झन आएकाले सबैसँग छलफल गरेर समस्याको समाधान गरिने बताए ।

प्रदेश ३ को नामकरणबारे  पार्टीमा छलफल भइरहेको बताए । उनले भने, ‘पार्टीमा जे पहिला निधो भएको छ, त्यसमा कमसे कम पाँच वर्षका लागि त्यही निधोमा कायम राखौं भन्ने हाम्रो मान्यता छ ।’

पार्टीले जिल्लाका इन्चार्ज, सहइन्चार्जलगायतका कतिपय कार्यविभाजनको काम अब प्याकेजमा टुंग्याउने गरी छलफल भइरहेको बताए । उनले सबै जनसंगठनका इन्चार्ज, सहइन्चार्ज र केन्द्रीय निकायका कार्यविभाजन प्याकेजमा नै टुंग्याउने गरी छलफल भइरहेको बताए ।

प्रतिक्रिया दिनुहोस्