खुरकोट-घुर्मी सडक एक सातापछि खुल्यो



काठमाण्डौ : गएको असार २६ गते राति बन्द भएको मध्यपहाडी लोकमार्ग अन्तर्गत खुरकोट–घुर्मी सडक एक सातापछि शुक्रबारदेखि खुलेको छ ।

झण्डै ६० किलोमिटर लामो यो सडकखण्डको धेरै ठाउँमा पहिरो खसेको थियो । 

सडकको विभिन्न ६ ठाउँको पहिरो पन्छाएपछि बिहीबार बेलुकादेखि एकतर्फी खुलाइएको बाटो शुक्रबार बिहानदेखि दुइतर्फी नै खुलेको प्रहरीले जनाएको छ । 

प्रतिक्रिया दिनुहोस्