भारतकाे दिल्लीमा नेपाली बालिकाको घाँटी थिचेर हत्या 



भारतको दिल्लीमा एक ९ वर्षीया नेपाली बालिकाको घाँटी थिचेर हत्या भएको छ । दिल्लीस्थित शकरपुर लक्ष्मीनगर भन्ने ठाउँमा भएको घटनामा बालिकाको बलात्कारपछि हत्या गरिएको आशंका गरिएको छ । 

बाजुराकी ती बालिकाको बाबुआमाले त्यहाँको एक होस्टेलमा काम गर्थे । सोही होस्टेलमा  कार्यरत सोनु नाम गरेको भारतीय नागरिकमाथि हत्यामा संलग्न रहेको आरोप लागेको छ । 

बालिकाको बलात्कार प्रयासपछि हत्या भएको हुनसक्ने सीए अभानेस्ववियु अध्यक्ष सुधन महतले बताए । 

दिल्लीस्थित नेपाली दूतावासका एसएसपी प्रकाश अधिकारीले दोषीमाथि कारबाहीका लागि भारतीय प्रहरीसँग समन्वय भइरहेको बताए ।

आरोपी सोनुलाई भारतीय प्रहरीले पक्राउ गरेको छ भने बालिकाको शव पोस्टमाटमको लागि अस्पताल पठाइएको छ।

प्रतिक्रिया दिनुहोस्