नयाँदिल्ली : भारतको झारखण्डको गुमला जिल्लामा अज्ञात समूहको कुटपिटबाट दम्पतिसहित ४ जनाको निधन भएको छ ।
शनिबार राति करिब १२ जनाको नकापधारी समूहको कुटाइबाट उनहीहरुको निधन प्रहरीले जनाएको छ ।
लठ्ठीसहित पुगेका अज्ञात समूहले उनीहरुलाई बीच सडकमा ल्याएर कुटपिट गरेका थिए । त्यो दृश्य देखेर त्यहाँ कसैले विरोध नगरेको स्थानीयलाई उद्धृत गर्दै प्रहरीले जनाएको छ ।
घटनामा संलग्न आरोपी फरार रहेका छन् भने निधन भएकाहरुको पहिचान खुल्न नसकेको रान्चीका प्रहरीले जनाएको ।