वीरगञ्ज नेशनल मेडिकल कलेजबाट २ जना नक्कली परीक्षार्थी पक्राउ 



वीरगञ्ज : वीरगञ्जको नेशनल मेडिकल कलेज तथा शिक्षण अस्पतालबाट दुईजना नक्कली परीक्षार्थी पक्राउ परेका छन् । 

वीरगञ्ज महानगरपालिका १५ भेडियाहीस्थित रहेको कलेजबाट प्रहरीले रौतहट अमुनिया गाउँपालिका १ जेठरहियाका २२ वर्षीय नारायण यादव र रौतहट गढीमाई गाउँपालिका ६ धर्मपुर कौशल प्रसाद यादवलाई पक्राउ गरेको छ । 

सिटिइभिटीको प्रविणता प्रमाणपत्रको लागि जारी नर्सिङ्गको परीक्षामा नक्कली परीक्षार्थी बनेर परीक्षा दिन पुगेका दुवै जनालाई कलेजको सहयोगमा प्रहरीले पक्राउ गरेको हो । 

नारायण धर्मपुरका छोटेलाल यादवको नाममा र कौसलले रौतहटकै रमाकान्त साहको नाममा परीक्षा दिइ रहेको अवस्थामा प्रहरीले उनीहरुलाई पक्राउ गरेको पर्साका प्रहरी उपरीक्षक सोमेन्द्र सिंह राठौरले बताए । पक्राउ  परेका दुवै जनालाई आवश्यक अनुसन्धानको लागि जिल्ला प्रहरी कार्यालय पर्साको हिरासरमा राखिएको छ । 

प्रतिक्रिया दिनुहोस्