रगताम्मे अवस्थामा घरको बलेसीमा भेटियो दम्पतीको शव, छेउमै थियो रगत लागेको नांगो खुकुरी



इलाम : इलामको फाकफोकथुम गाउँपालिका–५ मा एक दम्पतीको शव भेटिएको छ । बुधबार आफ्नै घरको बलेसीमा रगताम्मे अवस्थामा दम्पतीको शव भेटिएको हो ।

उक्त गाउँपालिकाको लुम्देका अन्दाजी ३५ वर्षे धनबहादुर खपांगी र उनकै पत्नी रीता खपांगीको शव दिउँसो घरको बलेसीमा रगताम्मे अवस्थामा भेटिएको थियो ।

प्रहरी नायव निरीक्षक हेमन्त भण्डारी क्षेत्रीका अनुसार घोप्टे परेर लडिरहेका मृतक धनबहादुरले कम्मरमा खुकुरीको दाप भिरेका छन् भने रगत लागेको नांगो खुकुरी भुइँमा भेटिएको छ ।

पत्नी रीता पनि धनबहादुरको नजिकै उत्तानो अवस्थामा लडिरहेको अवस्थामा भेटिएकी छन् । प्रहरीले घटना कसरी भयो भन्ने अहिल्यै केही भन्न सकिने अवस्था नभएको र अनुसन्धान भइरहेको बताएको छ ।

प्रतिक्रिया दिनुहोस्