धनुषामा गहुँ खेतमा महिलाको शव भेटियो



काठमाडौँ । धनुषामा एक महिलाको  गहुँ खेतमा  शव भेटिएको छ ।  धनुषाको हंसपुर नगरपालिका-७ की ५५ वर्षीया शुभ देवी मण्डलको हत्या भएको हो । धनुषाकै सहिदनगर नगरपालिका-४ ननुपट्टी (माइती)गएकी उनी शनिबार साँझ ७ बजदेखि सम्पर्कविहीन थिइन् । उनको शव आज बिहान सवा ९ बजेतिर गाउँनजिकै गहुँ खेतमा फेला परेको हो ।

मृतक मण्डलको शरीरको विभिन्न भागमा घाउ चोट देखिएको छ । कसैले उनको हत्या गरेर खेतमा फालेको हुन सक्ने प्रहरीको आशङ्का छ । माइतमा एक जनाको मृत्यु भएकोले उनी गएकी थिइन् । साँझदेखि हराइरहेको उनको खोजतलासको क्रममा हत्या गरेको अवस्थामा शव फेला परेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्