बलिउडका यी नायिका बने भिलेन



एजेन्सी : कुनै पनि फिल्म चल्नुमा जति महत्व नायकको हुन्छ त्यति नै महत्व भिलेनको पनि हुन्छ । बलिउडमा केही यस्ता फिल्म निर्माण भएका छन्, जसमा भिलेनको रोलमा नायिका छन् । भिलेनको रोल निवार्ह गर्ने नायिकाहरुमा काजोल, प्रियंका चोपडा, कोंकणा सेन शर्मा, ऐश्वर्या राय बच्चन र अमृता सिंह छन् ।  

 

नायिका अमृता सिंह फिल्म ‘कलियुग’ मा भिलेनको भूमिकामा थिइन् । यो फिल्म वेश्यावृत्ति र लुकीछिपी बन्ने पोर्न फिल्मको कारोबारको बिषयमा बनेको थियो । फिल्ममा अमृताको भूमिका निकै दमदार थियो । फ्यानले उनको भूमिकालाई निकै रुचाएका थिए ।

 

बलिउड नायिका काजोलले रोमान्टिक फिल्म धेरै गरेकी छन् । तर उनले अभिनय दौरानमा एक फिल्ममा भिलेनको भूमिकासमेत गरिन् । फिल्म ‘गुप्त’ मा उनले भिलेनको भूमिका निर्वाह गरेकी छिन् । फ्यानले काजोलको उक्त भूमिकालाई निकै रुचाएका थिए ।

 

नायिका कोंकणा सेन शर्माले पनि फिल्म ‘एक थी डायन’ मा भिलेनको भूमिका निर्वाह गरेकी थिइन् । यस फिल्ममा उनको सानो भूमिका थियो । तर भूमिकाको सबैले प्रशंसा गरेका थिए । फिल्म बक्स अफिसमा सफल त भएन । तर कोंकणाले आफुले निर्वाह गरेको भूमिकाबाट धेरैको मन जित्न सफल भइन् ।

 

नायिका ऐश्वर्या राय बच्चन विश्व सुन्दरी पनि हुन् । उनले फिल्म ‘खाकी’ मा भिलेनको भूमिका निर्वाह गरेकी थिइन् । यो फिल्ममा कलाकारको फौज नै थियो ।  ऐश्वर्याले पहिलो पटक यसै फिल्ममा भिलेनको भूमिका निर्वाह गरेकी थिइन् ।

 

बलिउडकी देशी गर्ल भनेर चिनिने प्रियंका चोपडा पछिल्लो समय हलिउडमा समेत काम गरिरहेकी छन् । हालै विवाह बन्धनमा बाँधिएकी प्रियंकाले फिल्म ‘एतराज’ र ‘सात खुन माफ’ मा भिलेनको भूमिका निर्वाह गरेकी थिइन् । उनले फिल्म ‘एतराज’ का लागि अवार्डसमेत हात पारेकी थिइन् ।

प्रतिक्रिया दिनुहोस्