दहेज प्रथा- कवितकार र आत्मा बीचको कुराकानी



– प्रियम झा

एउटा केटीको शव नदीमा तैरिरहेको थियो। त्यहाँ उभिएको कवितकारले त्यो शवसँग सोध्यो ?

को हौँ तिमी सुकुमारी बहिरहेको यो नदीको पानीमा ?

कोही त होला तिम्रो आफ्नो, मानव निर्मित यो भुगोलमा !?

कुन घरकी छोरी छौ तिमी,

कुन क्यारीको कोपिला हौँ तिमी ?

कसले छल गरेकोछ भन,

किन दुनियाँ छोडेर गयौं तिमी ?

कसको नामको मेहंदी हातमा लागेकोछ तिम्रो ?

भन कसको नामको टीकुली निधारमा सजेकोछ ?

हेर्दा तिमी राजकुमारी, की भगवान घरबाट आएकी छौ ?

यति सुन्दर यो मुहार तिम्रो, यो मुहार कहाँबाट ल्याएकी छौ?

कवितकारको कुरा सुनेर आत्म बोल्छन्-

कवितकार मलाई क्षमा गर, गरीब बाबाकी छोरी छु।

त्यही भएर मृत्यु को भांति, जलको धारामा पल्टेएकीछु।

रूप रंग र सुन्दरताले मेरो पहिचान देखाउँछ !

कंगना, चुडी, बीन्दी, मेहंदी सुहागन छु भन्ने बताउँछ!

श्रीमानको सुखलाई सुख सम्झे,

श्रीमानको दुःखमा दुःखी थिए !

जीवनको यो लामो बाटोमा श्रीमानसँगै हिँडेकी थिए !

श्रीमानलाई मैले दियो सम्झे, उसको लहरमा जलेकी थिए !

आमा बुवा को साथ छोडेर उसकै रंगमा रंगिएकी थिए !

तर

उ त निस्क्यो सौदागर्ने, लगायो मेरो पनि मोल!

दान दहेजको कारण पिलायो विष पानीमा घोर!

दुनियाँको यो ठूलो वनमा सानो एउटा कोपिला थिए ! जसलाई मैले माली सम्झे उसैद्वारा छलिएको थिए !

भगवानसँग न्याय माग्न शवको ओछ्यानमा सुतेकी छु! दहेजको लोभि यो संसारमा दहेजको लागि वली चढेकी छु!

प्रतिक्रिया दिनुहोस्