पूर्वमिस नेपाल श्रृंखला अब ‘द लिडर’को निर्णायकमा



काठमाडौं : पूर्वमिस नेपाल श्रृंखला खतिवडा नयाँ रियालिटी शो ‘द लिडर’मा निर्णायकको भूमिकामा आउने भएकी छन्। श्रृंखलाले सामाजिक सञ्जालमार्फत यस्तो जानकारी गराएकी हुन्।

केही समयअघि घोषणा गरिएको कार्यक्रममा बाबुराम भट्टराई, शुशिला कार्की, रविन्द्र मिश्रसँगै प्रदीप गिरी र प्रदीप नेपाल निर्णायकमण्डलमा रहने बताइएको थियो।

त्यसैगरी कार्यक्रममा पूर्वडिआजी रमेश खरेलसँगै खतिवडा थपिएकी हुन्। उनले कार्यक्रमका लागि प्रतिस्पर्धीहरूको छनोट चरणमा काम गर्नेछिन्। इन्स्टाग्राममा लामो स्टाटस लेख्दै श्रृंखलाले यसबारे बताएकी हुन्।

प्रतिक्रिया दिनुहोस्