नाना पाटेकरलाई यौनहिंसाको आरोप लगाएकी तनुश्रीमाथि २५ करोड क्षतिपूर्ती माग गर्दै मुद्दा दायर



एजेन्सी : बलिउडमा निकै चर्चामा आएको अभिनेता नाना पाटेकर र अभिनेत्री तनुश्रीको ‘मीटू’ प्रकरण अझै सेलाएको छैन । ठोस प्रमाण जुटाउन नसकेपछि तनुश्रीले नाना पाटेकरमाथि कुनै पनि कारबाही अगाडि बढाउन सकेकी थिइनन् ।

यसैबीच, नाना पाटेकरमाथि यौन हिंसाको आरोप लगाएकी तनुश्रीमाथि नाना पाटेकरको एनजीओले लगायो २५ करोड क्षतिपूर्ती माग गर्दै मुद्दा दायर गरेको छ ।

नाना पाटेकरको एनजीओ ‘नाम फाउन्डेशन’ ले उनीमाथि २५ करोड क्षतिपूर्ती समेत माग गरेको छ । यति मात्र होइन बम्बई उच्च अदालतले नाना पाटेकरको नाम र फाउन्डेशनमाथि आरोप लगाउन रोक लगाइदिएको छ ।

यो मुद्दाको सुनुवाई भइरहँदा तनुश्री अदालतमा उपस्थित नभएको स्रोतले बताएको छ ।

रिपोर्टका अनुसार उच्च अदालतमा दायर भएको मुद्दामा नाना पाटेकर र मकरंद अनासद्वारा २०१५ मा सुरु भएको ‘नाम फाउन्डेशन’ ले सुख्खा ठाउँका किसानको लागि काम गर्दै आएको छ ।

तनुश्रीले सन् २०१८ को अक्टोबर मा ‘हर्न ओके प्लीज’ को फिल्मको शुटिङको क्रममा यौन हिंसा गरेको आरोप लगाएकी थिइन् ।

प्रतिक्रिया दिनुहोस्