अंग प्रदर्शन गरेर नै सधैँ चर्चामा पुनम पाण्डे



एजेन्सी : अभिनेत्री पुनम पाण्डे २९ वर्षमा प्रवेश गरिसकेकी छिन् । तर उनी सधैँ विवादित बयान र बोल्ड तस्बिरका कारण चर्चामा आइरहन्छिन् ।

मोडलिङको दुनियाँमा क्यालेन्डर गल्र्सको मोडलको रुपमा परिचित पाण्डे एक कुशल अभिनेत्री पनि हुन् ।

पुनम पाण्डेको पहिलो फिल्म ‘नशा’ रहेको थियो । उक्त फिल्ममा उनको बोल्ड भूमिका निभाएकी थिइन् ।

यस्तै, विभिन्न विवादित बयानका कारण चर्चामा आइरहन्छिन् । पुनले एकपटक भारतीय क्रिकेट टीमले विश्वकप जित्यो भने नाङ्गिने घोषणा समेत गरेकी थिइन् ।

उनी प्रायः सामाजिक सञ्जालमा बोल्ड र न्यूड तस्बिर सार्वजनिक गर्ने गर्छिन् । उनको सामाजिक सञ्जालको पूरै एकाउन्ट बोल्ड तस्बिरले भरिएको छ ।

प्रतिक्रिया दिनुहोस्