जिल्ला प्रशासन कार्यालय धनुषामा प्रभु बैंकको एक्सटेन्सन काउन्टर



जनकपुरधाम : प्रभु बैंकले जिल्ला प्रशासन कार्यालय धनुषामा आफ्नो ३३ औं एक्सटेन्सन काउन्टर सञ्चालनमा ल्याएको छ ।

जिल्ला प्रशासन कार्यालयमा आउने सेवाग्राहीलाई सहज र सरल सेवा प्रवाह हुने उद्देश्यका साथ प्रभु बैंकले जिल्ला प्रशासन कार्यालयको प्राङ्गणमा एक्सटेन्सन काउन्टर सञ्चालनमा ल्याएको हो । एक्सटेन्सन काउन्टरको शुक्रबार धनुषाका प्रमुख जिल्ला अधिकृत प्रदीपराज कणेलले उद्घाटन गरेका छन् ।

प्रभु बैंकको एक्सटेन्सन काउन्टरबाट जिल्ला प्रशासन कार्यालयमा आउने सेवाग्राहीलाई रकम जम्मा गर्न र प्रशासन कार्यालयको काम गर्न सहज हुने प्रभु बैंक प्रदेश २ का प्रमुख मन्त्रीलाल गुप्ताले बताए ।

प्रभु बैंकले २०८ वटा शाखा कार्यालय, १५८ वटा एटीएम, ३३ वटा एक्सटेन्सन काउन्टर तथा १७ वटा शाखारहित बैंकिङ सेवामार्फत देशभरीका ७० जिल्लामा अत्याधुनिक प्रविधियुक्त गुणस्तरीय बैंकिङ सेवा प्रवाह गरिरहेको छ ।

एक्सटेन्सन काउन्टर उद्घाटन कार्यक्रममा सहायक प्रमुख जिल्ला अधिकारी शरद पोखरेल, प्रभु बैंक प्रदेश २ का प्रमुख मन्त्रीलाल गुप्ता,प्रभु बैंक जनकपुर शाखाका प्रमुख अशोक साह लगायतका व्यक्तिहरुको उपस्थिती रहेको थियो ।

प्रतिक्रिया दिनुहोस्