पूर्वप्रेमी रणवीर कपूरलाई सम्झँदै दीपिकाले भनिन्, ‘उसले धोका दिएपछि ‘डिप्रेसन’ मा गएँ’



काठमाडौं : बलिउडकी लोकप्रिय अभिनेत्री दीपिका पादुकोनले आफ्ना पूर्वप्रेमी र आफ्नो डिप्रेसनको बारेमा केही खुलासा गरेकी छन् ।

बलिउडकै सफल अभिनेता रणवीर सिंहसँग प्रेम विवाह गरेकी पादुकोन कुनै समय रणवीर कपूरको प्रेममा पागल भएकी थिइन् । उनले रणवीरको नाममा आफ्नो गर्धनमा ट्याटु समेत खोपेकी थिइन् । चारैतिर उनीहरूको प्रेमको चर्चा हुन्थ्यो ।

दीपिका आज जीवनमा निकै अगाडी बढिसकेकी छिन् तर त्यो समय अझै पनि बिर्सन सकेकी छैनन् जुन समय कसैलाई निकै भरोसा र प्रेम गरेकी थिइन् ।

र, उसैले उनको दिल तोडिदिएको थियो । एक अन्तर्वार्तामा दीपिकाले नाम नलिईकन आफ्नो पूर्वप्रेमी रणवीर कपुर सँगको प्रेम कहानी खुलेर बताइन् ।

दीपिकाका अनुसार जब उनीहरू सम्बन्धमा थिए, उनले कहिल्यै चिट गरिनन् । न केही कुरा लुकाइन् । तर दीपिकालाई भने रणवीरले चिट गरेका थिए , उनी यस हदसम्म रणवीरको प्रेममा थिइन् कि उनले दोस्रो अवसर पनि दिइन् । त्यसैले पनि ‘ब्रेक अप’ हुँदा उनी डिप्रेसनमा पुगिन् ।

दीपिका भन्छिन्– ‘जब मैले उसको झुट भेट्याएकी थिएँ, सुरुमा लाग्यो हाम्रो सम्बन्धमा केही गडबडी छ । पछि महसुस भयो कि धोका दिने उसको स्वभाव नै थियो । विश्वासघात भयो ममाथि ।’

प्रतिक्रिया दिनुहोस्