कुन बलिउड स्टारको घरको मुल्य कति ?



काठमाडौं : बलिउडका सेलिब्रेटीहरुको जीनवशैलीको बारेमा उनीहरुका करोडौं फ्यानहरुलाई रुची हुन्छ । चर्चित सेलिब्रेटीको जीवनशैली र फेसन पछ्याउने मात्रै हैन फ्यानहरुले उनीहरुको घर कस्तो छ, कहाँ बस्छन् भन्ने बारेमा पनि चासो राखिरहेका हुन्छन् ।

आज हामीले बलिउडका केही चर्चित स्टारहरुको आलिसान घर र उनीहरुको विलासी जीवनशैलीको बारेमा चर्चा गछौं ।

अमिताभ बच्चन


बलिउडका सबैभन्दा लोकप्रिय अभिनेता हुन्, अमिताभ बच्चन । सन् १९७० को दशकमा उनले ठूलो लोकप्रियता प्राप्त गरे । बच्चनले आफ्नो करियरमा धेरै पुरस्कार हात पारेका छन्, जसमा तीन राष्ट्रिय चलचित्र पुरस्कार र बाह्र फिलिमफेयर पुरस्कार समावेश छन् । उनको नाम सर्वाधिक सर्वश्रेष्ठ अभिनेता फिल्मफेयर अवार्डको रेकर्ड छ । अभिनय बाहेक बच्चनले पार्शुवगायक, चलचित्र निर्माता र टेलिभिजन कार्यक्रम प्रस्तुतकर्ता र भारतीय संसदको एक निर्वाचित सदस्यका रूपमा १९८७ देखी १९८४ सम्म भूमिका गरेका छन् ।

बलिउडका यी वरिष्ठ अभिनेतालाई अन्य कुनै पनि परिचयको जरुरी पर्दैन । यी लोकप्रिय हस्तीको फिल्म नगरी मुम्बईमा मात्रै पाँच आलिसान बंगलाहरु छन् । उनका बंगलाहरुको नाम जलसा, प्रतिक्षा, जनक, वत्स हुन् भने भर्खरै किनिएको पाचौँ बंगलाको भने नाम राखिएको छैन । उनी अहिले जुहुस्थित जलसामा बस्ने गर्छन् । यो घरको मूल्य ८० करोड भारुभन्दा धेरै पर्ने जनाइएको छ । यो आलिसान बंगला दरबार जस्तै छ, जहाँ क्रिमी सेतो रंग लगाइएको छ र अध्याँरोमा सुनौलो प्रकाशले भित्ताहरुलाई प्रतिबिम्बित गर्छ ।

यहाँ एक सुन्दर बगैंचा सहितको चौर छ जहाँ यी सुपरस्टारको आराम गर्ने ठाँउ पनि बनाइएको छ । घरको भित्री सजावट पनि निक्कै नै आकर्षक छ ।

शाहरुख खान

Image result for shahrukh khan home


भारतीय चलचित्र क्षेत्रका बहुप्रसिद्ध अभिनेता हुन्, शाहरुख खान । खान १९८० को दशकमा धेरै टेलिभिजन धारावाहिकमा काम गरेर आफ्नो क्यारियर शुरू गरे । उनले चलचित्र क्षेत्रमा ‘दिवाना’ फिल्मबाट प्रवेश गरे जुन फिल्म व्यावसायिक रूपमा सफल भयो । त्यसपछि उनी धेरै व्यावसायिक सफलताहरूको भाग भए । बलिउडका यी किंगखानको जीवनशैली पनि कुनै बाहशाहको भन्दा कमको छैन । उनको घरको सजावट राजसी ठाँटको छ ।

खानको घर मन्नत मुम्बईको बान्द्रा इलाकामा बैडस्टैंडमा समुद्र किनारमा रहेको छ । घरको बाल्कनीबाट टाढासम्म समुन्द्रको दृश्यपान गर्न सकिन्छ । पारसी परिवारले बनाएको उक्त घर शाहरुखले २०० करोड भारुमा किनेका छन्। शाहरुख खानको फ्यानको केही हिस्सा उनकै घरमा सुटिङ गरिएको थियो ।

सलमान खान

Image result for salman khan house


सलमान खान बलिउडका साँच्चिकै ‘हिरो’ छवि भएका अभिनेता हुन् । सलमान खान सबैभन्दा बढि १०० करोड कमाउने चलचित्रका नायक पनि हुन् । सलमान खानले १९८८ मा बिबी हो तो ऐसी मा अभिनय गरेर फिल्म क्षेत्रमा प्रवेश गरेका थिए जहाँ उनले एक सहयोगीको भूमिका खेले । सुपरस्टार खानको बान्द्रास्थित घर ‘ग्यालेक्सी अपार्टमेन्ट’ २५.६ करोड नेपाली रुपैयाँमा बनेको हो । बलिउड अभिनेता सलमान खान अहिले बान्द्राको ग्यालेक्सी अपार्टमेन्टमा बस्दै आएका छन् । सलमानको सपरिवार ४० वर्षदेखि ग्यालेक्सी अपार्टमेन्टमा बस्दै आएका छन् । उनको घरमा चलचित्र बजरंगी भाइजानको केही हिस्सा सुटिङ गरिएको थियो ।

आमिर खान

Image result for amir khan house photo


आमिर खान मुम्बईमा आफ्नी श्रीमती किरन राव र सानो छोरा आजादसँग बान्द्राको बेल्ला भिस्टा अपार्टमेन्टमा बस्दै आएका छन् । उनको घर बाल्यकालको रोजाई र आफ्नो पारिवारिक झुकाबबाट प्रतिबिम्बित भएको पाइन्छ । यी स्टारको पुख्र्यौली गाउँ उत्तर प्रदेशको साहबादमा मात्रै २२ वटा घरहरु रहेका छन् । उनको सुविधासम्पन्न घर ५,००० स्क्वायर फिट भन्दा धेरै क्षेत्रफलमा फैलिएको छ । उनको घरको ठूलो झ्यालबाट पाली हिल्सको हरियाली देख्न सकिन्छ । आमिरको घरको मूल्य ६० करोडभन्दा बढी रहेको छ ।

अक्षय कुमार

Image result for akshay kumar house


अक्षय कुमार भारतीय चलचित्र क्षेत्रका बहुप्रसिद्ध अभिनेता हुन् । जब उनले १९९० मा आफ्नो अभिनय करियर शुरु गरे त्यती बेला उनी मुख्य रूपले एक्शन फिलिमहरुमा अभिनय गरे । पछि कुमारले उनको नाटक, रोमान्टिक र हास्य भूमिकाका लागि प्रसिद्धि प्राप्त गरे । जुहुबीच स्थित ‘प्राइम बीच’ नामक भवनमा अक्षय कुमारको घर रहेको छ । समुन्द्रपट्टि फर्किएको यो सुन्दर घरको भित्री सजावटहरु पनि धेरै नै राम्रो छ । बलिउडका यी प्रभावशाली र सुन्दर जोडीले बेलाबेलामा आफ्नो आलिसान निवासमा खिचिएका तस्वीरहरु सार्वजनिक गर्ने गर्छन् । उनको घरको मूल्य ८० करोड रहेको छ ।

सैफ अली खान

Image result for saif ali khan house


सैफ अली खान र करीना कपुरको जति जोडि सुन्दर छ । त्यतिनै उनिहरुको पटौदी प्यालेस पनि सुन्दर छ । सैफ अभिनेताका साथै राज परिवारका सन्तान हुन् । उनि पटौदी विरासतका १० औ राजा हुन् । कुनै समय सो प्यालेसमा १५० भन्दा ज्यादा कोठा र १०० भन्दा ज्यादा नोकर चाकर हुन्थिए । प्यालेसको एन्टेरियर निकै स्टाइलिस रहेको छ । बलिउडका यी जोडी बान्द्रामा रहेको ‘फच्र्युन हाइट’ अपार्टमेन्टको दशौं तल्लामा बस्ने गर्छन् । यहि भवनको दोस्रो तल्लामा सैफको अफिस पनि छ । सैफको पिताको निधनपछि सैफलाई पटौदीको दशौं नवावको पगरी दिइएको छ । हरियाणाको गुडगाउँ नजिकैकै पटौदीको दरबार पनि उनको पुख्र्यौली सम्पत्ती हो । सैफ अली खानको घरको भित्री सजावट पनि निकै नै आकर्षक छ ।

सन् २०१३ मा यी अभिनेताले एउटाको १२ करोड भारतीय रुपैयाँको दरले चारवटा फ्ल्याट किनेका थिए । सैफको घरमा एक तल्लामा टेरेस गार्डेन, अर्कोमा स्विमिङ पुल र जिम त्यस्तै अर्को तल्लामा उनको पुस्तकको लागि पुस्तकालय समेत छ ।

जोन अब्राहम

Image result for john abraham house


बलिउड सेलिब्रेटीहरुमा जोन अब्राहमको पेन्ट हाउस धेरै नै भव्य छ । जोनका दाजु र पिताले डिजाइन गरेको बिलासी र सुन्दर पेन्टहाउसको भित्र बाहिर दुवै तिरबाट अरेबियन समुन्द्र र मुम्बई शहरको मनमोहक दृश्यहरु देख्न सकिन्छ । उनको घरको मूल्य ६० करोड रहेको जनाइएको छ ।

प्रतिक्रिया दिनुहोस्