रिसेप्सनमा सहभागि हुन आँचल र उदिप हेलिकप्टरमा (फोटो फिचर)



काठमाडौं : नायिका आँचल शर्मा र डाक्टर उदिप श्रेष्ठ बैवाहिक बन्धनमा बाँधिएका छन्। करिब एक वर्षको प्रेम सम्बन्धलाई उनीहरुले फागुण २९ गते विवाहमा परिणत गरेका हुन्।

आज उनीहरुले रिसेप्सन पार्टी भव्यताका साथ आयोजना गरेका छन्। उनीहरु रिसेप्सन पार्टीमा सहभागि हुन हेलिकप्टर चढेर आएका थिए।

हायत रेजेन्सीमा आयोजित रिसेप्सन पार्टीमा उदिप श्रेष्ठले आँचल शर्मालाई हेलिकप्टर चार्टर गरेर ल्याएका हुन्।

प्रतिक्रिया दिनुहोस्