श्रेया हत्या आरोपीको बयानः रक्सीको जोसमा होस गुमाएँ



पोखरा : पोखराकी १० वर्षीया बालिका श्रेया सुनारको बलात्कार प्रयासपछि हत्या गरेको आरोपमा पक्राउ परेका कुसुम पौडेल पुर्पक्षका लागि जेल चलान भएका छन् ।

 

जिल्ला अदालत कास्कीले मंगलबार पौडेललाई पुर्पक्षका लागि कास्की कारागारमा राख्न आदेश दिएको हो । मंगलबार जिल्ला अदालतमा थुनछेक बहसपछि न्यायाधीश योगेन्द्रप्रसाद साहको इजलासले कुसुमलाई पुर्पक्षका लागि थुनामा राख्न आदेश दिएको छ ।

कुसुम पौडेलले अदालतमा आफूले बलात्कारपछि हत्या गरेको बयान दिएका छन् । रक्सीमा मात्तिएर श्रीयामाथि बलात्कार गर्न खाजेको र नमानेपछि हत्या गरेको पौडेलको बयान छ ।

 

पैसाको लोभ देखाएर बाटोभन्दा केही पर लगेर बलात्कार गर्न खोजेको, श्रीयाले प्रतिकार गरेपछि घाँटी थिचेको र बेहोस भएको थाहा भएपछि ढुंगाले टाउकोमा हानेर हत्या गरेको कुसुमले अदालतमा बयान दिए ।

 

श्रेयालाई हत्या गरेको कसैले थाहा नपाओस् भनेर शवलाई झाडीमा फालेर हिँडेको उनको बयान छ । रक्सीको जोसमा आफूले होस गुमाउँदा यस्तो घटना घटेको पौडेलले बयान दिएका छन् ।

प्रतिक्रिया दिनुहोस्