बिग बोसका आसिम रियाजलाई मिल्यो सलमानसँग काम गर्ने अवसर



एजेन्सी : बिग बोस–१३ को रनरअप आसिम रियाज सधैँ चर्चामा रहेका छन् । उनी बिग बोस सकिए पछि उनी लगातार चर्चामा आइरहेका छन् ।

बिग बोसमा आएपछि उनलाई बलिउडमा निकै अफरहरु पनि आउन थालेको स्रोतले जनाएको छ । उनले केही समय अगाडि ज्याकलिन फर्नाडीससँग ‘मेरे अंगने में’ गीतमा पनि अभिनय गरिसकेका छन् ।

पछिल्लो समय उनलाई सुपरस्टार सलमान खानसँग काम गर्ने भएका छन् । उनी सलमान खानको नयाँ फिल्म ‘कभी ईद कभी दिवाली’ मा देखिने भएका छन् । उनले फिल्ममा सलमान खानको भाइको भूमिकामा देखिने स्रोतमा उल्लेख छ ।

प्रतिक्रिया दिनुहोस्