‘डान्सिङ वीथ द स्टार नेपाल’ मा ऋषि धमालादेखि बुद्ध लामासम्म नाँच्ने



काठमाडौं : विश्व चर्चित डान्सिङ रियालिटी शो ‘डान्सिङ वीथ स्टार्स’को नेपाली संस्करण ‘डान्सिङ वीथ द स्टार नेपाल’मा ऋषि धमालादेखि बुद्ध लामासम्मले भाग लिने भएका छन् ।

उक्त रियालिटी शो हिमालयन टेलिभिजनमा बैशाखदेखि प्रसारण हुँदैछ ।

बेलायत, अमेरिका, अष्ट्रेलिया, भारत लगायत ६० भन्दा बढि देशमा प्रसारण भइरहेको शोको ‘डान्सिङ वीथ द स्टार नेपाल’ फ्रेन्चाइज हो ।

यस शोमा हरेक विधामा लोकप्रियता कमाएका १२ जना प्रतिस्पर्धी रहेका छन् । गायक बुद्ध लामा, सृष्ट्रि केसी, टिकटक स्टार दिपा र दमन्ता, कमेडियन उमेश राई, पत्रकार ऋर्षि धमला, मैथिली नायिका पुजा ठाकुर, बालकलाकार देवांशी बैदवार, मिस नेपाल युनिभर्स मनिता देवकोटा, अभिनेता अनुप विक्रम शाही, मोडल ज्योति मजर, मोडल सुमी मोक्तान र फुटबल खेलाडी अनिल गुरुङ प्रतिस्पर्धीको रुपमा रहेका छन् ।

उनीहरुलाई युमी बलामी, राजिव कुमार, कविता नेपाली, प्रमोद कुमार भण्डारी, सुभम भुजेल, लाउरे सिंह, कोमल पाण्डे, केविका पाण्डे, सुनिल विक, प्रविन विक, भिजु पार्की, केशव थापाले कोरियोग्राफ गर्नेछन् ।

निर्णायकको रुपमा गौरी मल र रेनाशा बान्तवा राई रहेका छन् भने एक जना निर्णायक छनौट गर्न बाँकी रहेको बताइएको छ । भारतमा यो शो ‘झलक दिखलाजा’ नामले परिचित छ ।

प्रतिक्रिया दिनुहोस्