सनी लियोनी : पेस्की लिइन्, नाचिनन्, फिर्ता दिन मानिनन्



एजेन्सी : आजकाल बलिउड अभिनेत्री सनी लियोनीे फिल्ममा धेरै कम देखिन्छिन् । उनी नायिकाको भूमिकामा खासै नदेखिए पनि ‘आइटम डान्स’ मा भने उनको बजार अझै राम्रै छ ।

पछिल्लो पटक सनीलाई फिल्म ‘पटेल की पन्जाबी सादी’ मा ‘आइटम गर्ल’ को भूमिका निभाउन अफर आएको थियो । त्यसका लागि उनले पाँच लाख रुपैयाँसमेत लिइसकेकी थिइन् । तर सनीले उक्त फिल्ममा काम गरिनन् । उनले न त त्यो फिल्ममा काम गरिन् न त पाँच लाख रुपैयाँ नै फिर्ता गरिन् ।

फिल्मका निर्माता भरत पटेलका अनुसार सनीले स्पेसल डान्स सुट गर्ने तय गरेपछि पाँच लाख एडभान्स लिइन्, सुटिङको दिन आयो तर उनी सुटिङमा गइनन् । अहिले निर्माता पटेलले पैसा फिर्ता गर्न ताकेता गरिरहेको तर सनीले आनाकानी गरिरहेको बताइएको छ । उक्त गीतका लागि सनीले ४० लाख रुपैयाँ पाउँने तय भएको थियो ।

 

प्रतिक्रिया दिनुहोस्