करिश्मा र आमिरको त्यो ‘चुम्बन’



एजेन्सी : बलिउडमा करिश्मा कपुर ९० दशककी सुन्दर र प्रतिभावान अभिनेत्रीका रुपमा चिनिन्छन् । अहिले चलचित्रबाट टाढिए पनि सामाजिक सञ्जालमा करिश्माको सक्रियता बढ्दो छ ।

आफ्नो समयमा उनले बलिउडमा निकै हिट फिल्महरु दिइन् । उनले आफ्नो समयमा हरेक हिट अभिनेतासँग स्क्रिन सेयर गरिन् । उनले हालै मात्र डिजिटल प्लेट्फर्ममा वेभ सिरिज ‘मेन्टलहुड’मार्फत पाइला चालेकी छन् ।

यो वेभसिरिजको प्रमोसनका दौरानमा करिश्माले सन् १९९६ को आफ्नो सुपरहिट चलचित्र ‘राजा हिन्दुस्तानी’मा अभिनेता आमिर खानसँग दिएको चुम्बन दृश्यको बारेमा खुलासा गरेकी थिइन् ।

त्यो समय करिश्मालाई चुम्बन दृश्य छायांकन गर्न सजिलो नरहेको र उक्त दृश्य खिच्न ३ दिन लागेको उनले बताएकी थिइन् । उक्त चुम्बन दृश्य बलिउडकै सबैभन्दा लामो मान्ने गरिन्छ ।

प्रतिक्रिया दिनुहोस्