फिल्म ‘दाल भात तरकारी’ को गीत ‘भिजिट भिसा’ सार्वजनिक



काठमाडौं : फिल्म ‘दाल भात तरकारी’ मा समावेश गीत ‘भिजिट भिसामा’ सार्वजनिक भएको छ ।  काठमाडांैमा आयोजना भएको पत्रकार सम्मेलनमा फिल्ममा समावेश लोकलयको रोमान्टिक गीत सार्वजनिक भएको हो ।

 

यो गीतमा शम्भुजित बास्कोटाले संगीत दिएका छन् । यस गीतलाई गायक निशान भट्टराई र गायिका अन्जु पन्तले गाएका छन् । यस गीतमा शब्द हरिवंश आचार्यको रहेको छ । यस गीतले फिल्मको भावलाई प्रस्तुत गरेको छ ।   

 

फिल्म ‘दाल भात तरकारी’ लाई सुदन केसीले निर्देशन गरेका छन् । यो चलचित्र वैशाख १३ गतेबाट प्रदर्शनमा आउँदैछ । यस फिल्ममा हरिवंश आचार्य, मदनकृष्ण श्रेष्ठ, निरुता सिंह, प्रियंका कार्की, पुष्पल खड्का, आँचल शर्मा, वर्षा राउत, राजाराम पौडेल, शिवहरि पौडेललगायतका कलाकारको अभिनय छ ।

 

फिल्ममा रमिला आचार्य, नरेन्द्र कंसाकार, शिवहरि पौडेल र यमन श्रेष्ठको लगानी रहेको छ । हरिवंश आचार्यको कथा, पटकथा तथा संवाद रहेको फिल्ममा कविराज गहतराजको कोरियोग्राफी, दीर्घ गुरुङको छायांकन र मित्र डी गुरुङको सम्पादन छ । यस फिल्मले नेपालीले गर्ने दःुखलाई कमेडीको माध्यमबाट प्रस्तुत गरेको छ ।

प्रतिक्रिया दिनुहोस्