खराब निर्माण व्यवसायीलाई कानुनको दायरामा ल्याउँछौं : अध्यक्ष सिंह



काठमाडौं : नेपाल निर्माण व्यवसायी महासंघका नवनिर्वाचित अध्यक्ष रवि सिंहले केही खराब निर्माण व्यवसायीको कारण सम्पूर्ण निर्माण व्यवसायी अप्ठेरोमा परेको बताएका छन्।

 

पूर्वअध्यक्ष स्वर्गीय शरदकुमार गौचनको स्मृतिमा मंगलबार काठमाडौंमा आयोजित शोक सभामा बोल्दै अध्यक्ष सिंहले खराब निर्माण व्यवसायीले फैलाएको अराजकताले आफूहरु अप्ठेरोमा परेको बताएका हुन्।

 

व्यवसायी, कर्मचारी र नेताहरुले सार्वजनिक खरिद ऐनको छिद्रलाई दुरुपयोग गरिरहेको हुँदा महासंघ यस्तो कार्यको विरुद्धमा लाग्ने अध्यक्ष सिंहको भनाइ छ। उनले आफू नेतृत्वको नयाँ कार्यसमितिले खराब व्यवसायीलाई कानुनको दायरामा ल्याउने र त्यसमा प्रतिरोध गरे आन्दोलन गर्ने चेतावनीसमेत दिए।

 

महासंघका अध्यक्ष सिंहले नेपालको निर्माण क्षेत्रलाई समृद्ध बनाउन गौचनको कार्यकालमा हुन नसकेका कामलाई पूरा गर्ने प्रतिबद्धता पनि व्यक्त गरे। 

 

गौचनको ठीक एक वर्षअघि नयाँ बानेश्वर शान्तिनगरस्थित आफ्नो निवासबाट महासंघ सचिवालय आउने क्रममा निवास नजिकै गोली हानी हत्या गरिएको थियो। 

प्रतिक्रिया दिनुहोस्