विराजको ‘साङ्लो’ मा निकिता



काठमाडौं : सुपरस्टार विराज भट्टले निर्देशनमा डेब्यु गर्न लागेको फिल्म ‘साङ्लो’ मा सन् २०१७ की मिस नेपाल निकिता चाण्डक लिड नायिकाको रुपमा अनुबन्ध भएकी छन् । अब फिल्ममा विराज र निकिता जोडीको रुपमा देखिने भएका छन् ।

 

यसअघि निकिताले फिल्म ‘रानीमहल’ साइन गरेकी थिइन् । यो फिल्म आधा छायांकन नसकिँदै निर्देशक र निर्माताबीचको विवादका कारण रोकिएपछि उनले केही हप्ता अगाडि मात्र ‘रानीमहल’ छाडेको बताएकी थिइन् । अब उनी फिल्म ‘साङ्लो’ मार्फत पर्दामा देखिने भएकी छिन् ।

 

फिल्मका प्रोडक्सन हेड शंकर पाण्डेले ‘साङ्लो’ को छायांकन चैत १ गतेबाट हुने जनाएका छन् ।  विराज स्वयंको अभिनय, निर्माण, निर्देशन र कथामा बन्ने फिल्म पूर्ण रुपमा एक्सन प्रधान हुनेछ । यो फिल्म काठमाडौं, पोखरालगायतका स्थानमा खिचिने भएको छ । 

 

बाँकी कलाकारको छनोट भइरहेको छ । करिब डेढ वर्षअगाडि विराजले ५ वर्षपछि रोज राणा निर्देशित फिल्म ‘जय परशुराम’ बाट कमब्याक गरेका थिए । यद्यपि, उनको कमब्याक सुखद रहेन । अब उनी आफैं निर्देशित फिल्मबाट जबर जस्त कमब्याक गर्ने तयारीमा छन् ।

प्रतिक्रिया दिनुहोस्