चाइनिज पेस्तोलसहित रौतहटबाट बैतुल्ला पक्राउ



रौतहट : प्रहरीले रौटहटको यमुनामाई गाउँपालिकाबाट एक जनालाई पेस्तोसहित आज सोमबार पक्राउ गरेको छ ।

सशस्त्र प्रहरीको गस्ती टोलीले चेकजाँच गर्ने क्रममा यमुनामाई गाउँपालिका–३ राजपुर तुलसीका ४९ वर्षीय शेष बैतुल्ला पेस्तोलसहित पक्राउ परेका हुन् ।

प्रहरीले उनको साथबाट चाइनिज पेस्तोल १ थान, कटुवा पेस्तोल १ थान, चाइनिज पेस्तोलमा प्रयोग हुने १ थान म्याग्जिन र ७.६५ एमएमको वाल राउण्ड २ थान बरामद गरेको रौतहटका सशस्त्र प्रहरी उपरीक्षक रवीनराज कर्णजीतले जानकारी दिए ।

बरामद गरिएका हतियारसहित उनलाई आवश्यक कारबाहीका लागि जिल्ला प्रहरी कार्यालय रौतहटमा बुझाइएको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्