चट्याङ लागेर चितवनमा एक जनाको मृत्यु



चितवन : चट्याङ लागेर चितवनमा एक जनाको मृत्यु भएको छ। मृत्यु हुनेमा जिल्लाको इच्छाकामना गाउँपालिका २ छापडाँडाका २५ वर्षीय राजु चेपाङ रहेको जिल्ला प्रहरी कार्यालय चितवनले जानकारी दिएको छ।  

 

चट्याङले चेपाङकाे गोठमा बाधी राखेको एउटा गाई र एउटा भैंसी पनि मरेको छ। घट्ना गए रातिको भए पनि आज ढिला गरी मात्रै इलाका प्रहरी कार्यालय मुग्लिनमा जानकारी आएको प्रहरीले जनाएको छ। 

 

घट्नास्थल मुग्लिनबाट ३०/३२ किलोमिटर पूर्वतर्फ पर्छ। थाहा पाउनसाथ प्रहरीको एक टोली घट्नास्थलतर्फ लागेको प्रहरीले जनाएको छ।

 

प्रतिक्रिया दिनुहोस्