गाउँपालिकाको गेटमै बम विस्फोट



बाजुरा : जिल्लाको पूर्वी उत्तरी भेगको जगन्नाथ गाउँपालिकाको गेट नजिकै बम विस्फोट गराइएको छ ।

अज्ञात समूहद्वारा कार्यालय परिसर क्षेत्र रहेको कार्यालयको ढोका नजिकै बम विस्फोट गराइएको गाउँपालिकाले जनाएको छ । गाउँपालिका र प्रहरी कार्यालयसँगै रहेको परिसरमै बम विस्फोट गराइएको हो ।

सिसिटिभीको निगरानी भए पनि कार्यालय परिसर नजिकै बम विस्फोट हुन सुरक्षा चुनौती बढेको छ । प्रहरी चौकी कार्यालय र नियमित प्रहरी सुरक्षा खटिएकै क्षेत्रमा बम विस्फोट गराएपछि जनप्रतिनिधि र स्थानीय त्रसित भएका छन् ।

अज्ञात समूहले आज बिहान कार्यालयको ढोकाभन्दा करिब ५० मिटरको दूरीमा बम विस्फोट भएको प्रहरी प्रमुख भट्टराइले बताए । गाउँपालिकाको ढोकाभन्दा ५० मिटरको दूरीमा बम विस्फोट गराइएको हो ।

जिल्ला प्रहरी कार्यालय बाजुराका प्रमुख प्रहरी नायब उपरीक्षक टंकप्रसाद भट्टराइले गाउँपालिको ढोकामा बम विस्फोट गराएको बताए । ३ साताअघि मात्र जिल्ला प्रहरी कार्यालय नजिकै पीसविनको कार्यालयको ढोकामा बम राखिएको थियो ।

जिल्लामा बम राख्ने, चन्दा असुली गर्ने, फोनबाट धम्की दिने जस्ता गतिविधि बढेपछि सुरक्षा चुनौती बढेको छ । प्रहरीले शंकास्पद व्यक्तिको मोबाइल टाइयापिङ गरिरहेको भए पनि गतिविधि रोक्न सकेको छैन ।

गाउँपालिका केन्द्र रहेको जुड्डीमा फोन सम्पर्क नभएकाले विस्तृत विवरण आइसकेको छैन । घटनाबारे अनुसन्धान भइरहेको प्रहरीले बताएको छ । बम विस्फोटबाट गाउँपालिका र अन्य मानवीय क्षति भने भएको छैन । रासस

प्रतिक्रिया दिनुहोस्