प्रतापको ‘मुलको पानी’मा पल शाहको अभिनय (भिडियो)



काठमाडौं : नेपाल आइडल सिजन-१ बाट चर्चामा आएका गायक प्रताप दास र गायिका  भावना आचार्यको स्वरमा तयार भएको गीत ‘मुलको पानीको भिडियो सार्वजनिक भएको छ। 

 

दीपक शर्माको शब्द संगीत रहेको गीतमा अभिनेता पल शाहले अभिनय गरेका छन्। भिडियोमा पललाई निशा पुरीले साथ दिएकी छन्। देवेन्द्र पाण्डेको निर्देशनमा तयार भएको गीतको कोरियोग्राफी पनि स्वयम् पाण्डेले गरेका छन्। 

 

प्रतिक्रिया दिनुहोस्