एक शिक्षक पक्राउः एक बर्षदेखि ९ बर्षीया दुई छात्रामाथि यौन शोषण



काभ्रे : जिल्लाको बेथानचोक गाउँपालिका ४ चलान गणेश्वरस्थास्थित कालिका माविका शिक्षक ३१ बर्षीय गणेश पहरीमाथि दुई छात्रालाई यौन शोषण गरेको आरोप लागेको छ । 

आफुले पढाउने दुई छात्रालाई यौन शोषण गरेको अभियोगमा पहरी पक्राउ परेका छन् । 

कक्षा ५ मा अध्ययनरत ९ बर्षीया दुईजना बालिकालाई शिक्षक पहरीले एक बर्षदेखि बलात्कार गर्दै आएका अभिभावकले बताएका छन् ।

पीडित बालिका अभिभावकको उजुरीको आधारमा प्रहरीले पहरीलाई पक्राउ गरेको हो । 

जिल्ला अदालत काभे्रेबाट सात दिनको म्याद थपेर उनीमाथि अनुसन्धान सुरु गरिएको प्रहरीले जनाएको छ ।, आजको नयाँ पत्रिकामा यो खबर छ । 

प्रतिक्रिया दिनुहोस्