अंग विकास भइसकेको शिशु खोलामा फालिएको अवस्थामा फेला



झापा : झापाको बिर्तामोड–४ स्थित सुर्योदय टोल नजिकै अदुवा खोलामा अगं विकास भइसकेको भ्रुण फेला परेको छ ।

मंगलबार बिहान १० बजे स्थानीय बालबालिकाले माछा मार्ने क्रममा अंग विकास भइसकेको भ्रण भेटिएपछि प्रहरीलाई खबर गरेका थिए ।

बालबालिकाले शिशु देखेपछि प्रहरीलाई खबर गरेका थिए । प्रहरीले अन्दाजी ६/७ महिनाको शिशु भेटिएको र घटनास्थलको मुचुल्का उठाइएको जनाएको छ ।

प्रहरीले शिशुको जन्म नदिई गर्भपतन गरेर फालिएको हुन सक्ने प्रहरीले जनाएको छ । प्रहरीका अनुसार शिशु कसले फालेको हो भन्नेबारे केही नखुलेको र यसबारे थप अनुसन्धान भइरहेको जानकारी दिएको छ ।

प्रतिक्रिया दिनुहोस्