प्रदेश २ राजधानी : ‘मिथिला–भोजपुरा’ पनि अस्वीकृत



जनकपुरधाम : प्रदेश दुईको नामका लागि नेपाली कांग्रेसका सांसद नरेश कुमार यादवले पेश गरेको ‘मिथिला–भोजपुरा’को लागि जम्मा २८ मत खसेको छ । १९ जना सांसद रहेको कांग्रेसको ‘मिथिला–भोजपुरा’को पक्षमा २८ मत खसेको हो ।

यसभन्दा अगाडी नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का सांसद रामकुमार यादवले पेश गरेको ‘जानकी’को लागि ३७ मत खसेको थियो ।

दुई तिहाईका लागि ७२ मत आवश्यक पर्छ भनेपछि नेकपा र कांग्रेसले प्रदेश नामाकरणका लागि पेश गरेको प्रस्ताव अस्वीकृत भएको छ ।

अब नेपाली कांग्रेसका सांसद राजेश्वर प्रसाद साहले पेश गरेको प्रस्ताव ‘मध्य-मधेश’ प्रदेशका लागि मतदान हुँदैछ ।

प्रदेशका चार दलले चार वटा प्रस्ताव पेश गरेका छन् । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)ले प्रदेशको नाम ‘जानकी’, नेपाली कांग्रेसले ‘मिथिला–भोजपुरा’, सत्तापक्षका केही सांसदहरुले ‘मध्य मधेश’ र सत्तारुढ समाजवादी र राष्ट्रिय जनता पार्टी (राजपा)ले ‘मधेश’ राख्नुपर्ने भनेर प्रस्ताव पेश गरेका छन् ।

प्रदेश २ मा कुल १ सय ७ सांसद छन् । सत्ताको नेतृत्व गरिरहेका समाजवादी पार्टीको ३० राष्ट्रिय जनता पार्टी (राजपा) नेपालको २५, नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को ३२, अर्को प्रतिपक्षी नेपाली कांग्रेसको १९ र संघीय समावादीको एक सिट छ ।

प्रतिक्रिया दिनुहोस्