३ महिलासहित १२ जना लागूऔषध करोबारी पक्राउ



काठमाडौं : लागु औषध नियन्त्रण ब्युरोले नियन्त्रित लागूऔषध र मनोद्विपक पदार्थसहित १२ जनालाई पक्राउ गरेको छ ।

व्युरोले पछिल्लो १२ दिनमा सञ्चालन गरेको कारवाहीका क्रममा तीन महिला सहित १२ जनालाई ८ हजार ११ एम्पुल र नाईट्राभेट ५४० ट्याब्लेटसहित पक्राउ गरेको हो ।

पछिल्लो १२-१२ दिनमा चलाएको अभियानमा व्युरोले ठूलो सफलता प्राप्त गरेको छ । नेपालमा लागूऔषध भित्रिने मुख्य नाकाहरु वीरगञ्ज, काँकडभित्ता र सुनौली रहेको प्रहरीले जनाएको छ ।
मुख्य नाकामध्ये वीरगञ्जमा लागूऔषध नेपाल ओसार पोसार गर्ने भारतको मोतिहारी पूर्वि चम्पारणका २४ वर्षिय विकाश कुमार र सोही ठाउँका २४ वर्षिय विकास कुरमा रामलाई समेत पक्राउ गरेको छ ।

उनीहरुको साथबाट बुप्रेनोर्फिन ४ सय एम्पुल, डाइजेपाम ४ सय एम्पुल र फेनारगन ४ सय एम्बुल समेत बरामद भएको छ । उक्त कारोबारमा संलगन काभ्रे धुलिखेल ६ का उद्दव आचार्य (६०) लाई समेत पक्राउ गरिएको छ । चैत १ गते काठमाडौंको कलंकीबाट पक्राउ परेका व्यक्तिहरुको बयानका आधारमा उनीहरुर्लाइ पक्राउ गरिएको व्युरोका प्रमुख बसन्त बहादुर लामाले बताए ।
अभियुक्तले प्रयोग गरेको बिआर ०५ टि ८१३६ नम्बरको मोटरसाइकल समेत बरामद गरि आवश्यक कारवाहीको लागि जिल्ला प्रहरी कार्यालय गौरमा बुझाईएको सशस्त्र प्रहरी रौतहटले जनाएको छ ।

घटनाको पुष्टि गर्दै जिल्ला प्रहरी कार्यालय रौतहटका प्रमुख प्रहरी उपरिक्षक रबिराज खड्काले पक्राउ वैतुलाह उपर आवश्यक अनुसन्धान भइरहेको जानकारी दिएका छन् । गत फागुन २६ गते पनि कटुवा पेस्तोल र ३ थान गोलीसहित २ जनालाई नियन्त्रणमा लिएको थियो । जिल्लाको इलाका प्रहरी कार्यालय गरुडाबाट गएको प्रहरी टोलीले रौतहटको गढीमाइ नगरपालिका वाड नं. ६ धर्मपुरको बागमती नदि किनारबाट पक्राउ गरेको हो ।

पक्राउ पर्नेमा सर्लाहीको धनकौल गाउँपालिका वाड नंं ६ को २१ वर्षिय छोरा राजेश राम र सोही गाउ बस्ने सुरज रामको २६ वर्षिय छोरा जय नारायण राम रहेको इलाका प्रहरी कार्यालय गरुडाका प्रहरी नायब उपरिक्षक ज्ञान कुमार महतोेले जानकारी दिए ।

उनीहरुको साथबाट १ कटुवा पेस्तोल र २ थान गोली समेत बरामद गरेको प्रहरी नायब उपरिक्षक महतोले जानकारी दिएका छन । नियमित गस्ती गर्न जानेक्रममा उनीहरु प्रहरीलाई देख्ने बितिकै भागेपछि पक्राउ गरेको महतोले जानकारी दिए ।

यस्तै गत पुस २ गते शसस्त्र प्रहरी रौतहटले अबैध पेस्तोलसहित ३ जनालाई पक्राउ गरेको थियो । बी.आर ०५ एम ७३५३ नं.को भारतीय डिस्कभर मोटरसाईकल सवार रहेको अवस्थामा रौतहटको राजपुर नगरपालिका वाड नंं.३ दमार स्थित आजात चोकबाट हतियार सहित पक्राउ गरेको शसस्त्र प्रहरी बल नेपाल नं.११ गणका गणपति शसस्त्र प्रहरी उपरिक्षक रबिनराज कर्णयिजतले जानकारी दिएका छन् ।

जिल्लाको गौर नगरपालिकाको टिकुलिया जादै गरेका बाराको सुवर्ण गाउँपालिका वाड नंं ६ का ३७ वर्षिय उमेश्वर यादव, रौतहटको परोहा नगरपालिका वाड नंं.६ बसन्तपट्टीका ३८ वर्षिय राम आधार साह र रौतहटको परोहा नगरपालिका वाड नं.४ लौकाहका ६६ वर्षिय छोटेलाल साहलाई सुरक्षा बेस फतुवाको ससस्त्र प्रहरीले पक्राउ गरेको छ ।

समुह कुनै ठुलै अपराध गर्ने लक्ष्यले हिडेको हुन सक्ने अनुमान भएको गणपति कर्णजितले बताएका छन् । उनीहरुको साथबाट कटुवा पेस्तोल थान-१, सोमा लाग्ने ५ मि.मि.को बाल राउण्ड २ वटासहित बरामद गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्