युरोकप फुटबल एकबर्ष पछाडी सर्यो



काठमाडौं : विश्वभर महामारीको रुपमा फैलिएको कोरोना भाईरसका कारण सन् २०२० को युरोकप फुटबल एक वर्ष पछि सरेको छ ।

युरोकप सन् २०२१ सम्मको लागि सारिएको नर्वेको फुटबल संघले जनाएको बीबीसीले समचार लेखेको छ । सन् २०२० मा युरोपको विभिन्न शहरमा आयोजना हुने युरोकप आगामी जुन १२ देखि जुलाई १२ सम्म हुने तालिका रहेको थियो ।

अब युरोकप सन् २०२१ को जुन ११ बाट जुलाई ११ सम्म तय भएको बताईएको छ । युरोकपको यो १६ औँ संस्करण हो ।

प्रतिक्रिया दिनुहोस्