अक्षय र करिनाको ‘गुड न्युज’



एजेन्सी : बलिउडका निर्देशक करण जोहरको फिल्म ‘गुड न्युज’ यसै वर्ष  रिलिज हुने भएको छ । करण जोहरले ट्वीटबाट यो घोषणा गरेका हुन् ।

 

यस फिल्ममा नायक अक्षय कुमार र नायिका करिना कपुर छन् । पहिले फिल्म ‘गुड न्युज’ जुलाई १९ मा रिलिज हुने भनिएको थियो तर नयाँ घोषणाअनुसार यो फिल्म अब यस वर्षको ६ सेप्टेम्बरमा सिनेमा घरमा आउने भएको छ ।  

 

यस फिल्मको छायांकन सुरु भइसकेको छ । नायक अक्षय कुमारले सामाजिक सञ्जालमा १० वर्षको च्यालेञ्ज भन्दै सुटिङ छायांकन सुरु भएको उल्लेख गरेका छन् । नायक अक्षय र नायिका करिनाले ४ वर्षपछि सँगै काम गर्न लागेका हुन् । उनीहरुले यसअघि ‘गब्बर इज ब्याक’ मा सँगै काम गरेका थिए । उनीहरुले लगभग आधा दर्जन फिल्ममा सँगै काम गरेका छन् ।

 

फिल्म ‘गुड न्युज’ को निर्देशन राज मेहताले गरेका छन् । यस फिल्ममा  अक्षय र करिनाले विवाहित जोडीका रुपमा काम गर्दैछन् । नायक अक्षय र नायिका करिनाले सँगै काम गरेको फिल्महरुमा ‘कमबख्त इस्क’, ‘बेवफा’, ‘एतराज’, ‘गब्बर इज ब्याक’, ‘तलाश’, ‘तशन’, ‘दोस्ती’, ‘ब्रदर्स’, ‘अजनबी’ लगायत छन् ।

प्रतिक्रिया दिनुहोस्