शोभित बस्नेतको ‘बद्री बहादुर’  



काठमाडाै‌ं : निर्देशक शोभित बस्नेतको निर्देशनमा फिल्म ‘बद्री बहादुर’ को  निर्माण हुने भएको छ । यस फिल्मको छायांकन माघ ११ बाट सुरु भएको छ । फिल्म ‘बद्री बहादुर’लाई सञ्चारकर्मी रवि अधिकारीले निर्माण गर्न लागेका हुन् ।

 

यो फिल्म एबी पिक्चर्स फार्म र सलोन सलिना फिल्मको ब्यानरले करिब एक करोडको लगानीमा निर्माण गर्ने भएको छ । यस फिल्मका प्रस्तुतकर्ता विजयगोपाल दली छन्। यस फिल्मको कार्यकारी निर्माता मिथुन भोटे हुन् ।  

 

फिल्म ‘बद्री बहादुर’ मा छुल्ठिम गुरुङ, जयकिसन बस्नेत, धिरेन शाक्य, शोभित बस्नेत, लय संग्रौला, एलिना रायमाझी, उत्तम केसी, अन्जु केसी, वर्षा चौलागाईं, पुरन थापा, राम गौतम, मनोज केसी, उजन नेम्बाङ र मंगल भोटेको अभिनय रहनेछ । यस फिल्मबाट राजीबजंग बस्नेत र एलिना गुरुङ नेपाली रजतपटमा डेब्यु गर्ने भएका छन् । यस फिल्ममा नायिका पूजा शर्मा र सलोन बस्नेतको विशेष भूमिका रहनेछ ।

 

यस फिल्ममा टंक बुढाथोकी र उजन नेम्वाङको संगीत, रामकाजी घिमिरेको लेखन, शिव बिकको नृत्य निर्देशन, शंकर महर्जनको द्वन्द्व रहनेछ । यस फिल्ममा रामजी राउत र ज्ञानकुमारले मुख्य सहायक निर्देशन गर्दैछन् ।

 

‘बद्री बहादुर’ मा विनोद सापकोटाको छायांकन र समिर मियाको सम्पादन रहनेछ । यो फिल्म लमजुङ, काठमाडौं, धरान र संखुवासभाका विभिन्न ठाउँमा छायांकन गरिनेछ । निर्देशक बस्नेतले कमेडी फिल्म ‘बद्री बहादुर’ लाई तीजमा रिलिज गरिने बताएका छन् ।

प्रतिक्रिया दिनुहोस्