कोरोना प्रभाव : नेपाल र इंग्ल्यान्ड ‘सी’ बीचको मैत्रीपूर्ण फुटबल रद्द



काठमाडौं : विश्वमा महामारीको रुपमा फैलिएको कोरोना भाईरसका कारण नेपाली राष्ट्रिय फुटबल टिम र इंग्ल्यान्डको ‘सी’ टिमबीच तय भएको मैत्रीपूर्ण फुटबल खेल रद्द भएको छ ।

नेपालको राष्ट्रिय फुटबल पुरुष टिम र इंग्ल्यान्डको ‘सी’ टिमबीच एल्डरसटमा मे २५ मा मैत्रीपूर्ण खेल खेलाउने मिति तय भएको थियो । तर, कोरोनाको प्रभावका कारण सो खेल रद्द गरिएको एन्फाले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्