क्याप्टेन फागुन १७ बाट हलमा



काठमाडौं : फिल्म ‘क्याप्टेन’ फागुन १७ गतेबाट प्रदर्शनमा आउने भएको छ । यो फिल्मको निर्देशन दीवाकर भट्टराईले गरेका छन् । यस फिल्मको मुख्य भूमिकामा अनमोल केसीको रहेको छ ।

 

यस फिल्ममा अनमोल केसीले एक फुटबल खेलाडीको भूमिका निभाएका छन् । यस फिल्ममा उनको  नाम ‘इशान’ रहेको छ । यस फिल्मले गाउँबाट राष्ट्रिय स्तरको खेलाडी बन्न आएको एउटा युवाले गरेको संघर्षको कथा देखाएको छ । 

 

यस फिल्मको निर्माण भुवन केसीले गरेका छन् । यस फिल्ममा अनमोलसँग नवअभिनेत्री उपासना सिंह ठकुरी र प्रियंका एमभी पनि देखिने भएका छन् । यस फिल्मको कथा सामिप्यराज तिमल्सिनाले लेखेका छन् ।

 

‘क्याप्टेन’ मा सुनिल थापा, सरोज खनाल, प्रशान्त ताम्राकार, विल्सनविक्रम राईलगायतका कलाकारले अभिनय गरेका छन् । यसमा चन्द्र पन्तको द्वन्द्व, अर्जुन पोखरेलको संगीत, कविराज गहतराजको कोरियोग्राफी रहेको छ । यस फिल्मको सम्पादन दीर्घ खड्काले गरेका छन् । यस फिल्मको क्यामेरामेनमा नवराज उप्रेती रहेका छन् ।

 

यस फिल्ममा एक जमानाकी चर्चित अभिनेत्री निरुता सिंह र भुवन केसी ८ वर्षपछि सँगै आउँदैछन् । फिल्मको एक लोकलयको गीतमा निरुता सिंहले पहिलो चोटि अनमोलसँग स्क्रिन साझेदारी गर्न लागेकी छन् । केही दिनमा छायांकन हुने गीतमा अभिनेता भुवन केसी पनि देखिनेछन् । 

प्रतिक्रिया दिनुहोस्