जबर्जस्ती करणी अभियोगमा एघार वर्ष कैद



दमौली : जबरजस्ती करणी मुद्दामा जिल्ला अदालतलले एक अभियुक्तलाई एघार वर्ष कैद फैसला सुनाएको छ । ऋषिङ गाउँपालिका–१ कोइदिम बस्ने १६ वर्षीया किशोरीलाई जबर्जस्ती करणी गरेको अभियोगमा व्यास नगरपालिका–२ दमौलीका ४२ वर्षीय राजन पन्थलाई अदालतले एघार वर्ष कैद फैसला सुनाएको हो ।

जिल्ला न्यायाधीश वासुदेव पौडेलको बुधबारको इजलासले अभियुक्तलाई कैद फैसला सुनाएको जिल्ला श्रेस्तेदार सुदर्शन खनालले जानकारी दिए ।

अदालतले पीडित बालिकालाई रु पचास हजार क्षतिपूर्ति दिने फैसलासमेत गरेको छ । गत जेठ २६ गते ती युवतीलाई ललाइफकाइ जबर्जस्ती करणी गरेको अभियोगमा प्रहरीले पन्थलाई पक्राउ गरेको थियो । पीडित पक्षबाट जाहेरी दरखास्त परेपछि प्रहरीले पन्थविरुद्ध जबर्जस्ती करणी मुद्दामा जिल्ला अदालतमा असार १६ गते मुद्दा दायर गरेको थियो । रासस

प्रतिक्रिया दिनुहोस्