गाउँपालिकाको सेवा हुनु त यस्तो पो !



स्याङ्जा : फेदीखोला गाउँपालिकाले माध्यमिक शिक्षा परीक्षा (एसइई )मा सहभागी हुन परीक्षा केन्द्र नजिक बसेका विद्यार्थीलाई घरघर पु-यादिन शुरु गरेको छ ।

यसका लागि सो गाउँपालिकाले आज विहानदेखि निः शुल्क बस सेवा सञ्चालन गरी विद्यार्थीलाई घरघर पु-याइदिन थालेको गाउँपालिकाका अध्यक्ष घनश्याम सुवेदीले जानकारी दिए ।

कोभिड–१९को जोखिमलाई ध्यादिँदै सरकारले बुधबार साँझ आजदेखि शुरु हुने भनिएको सो परीक्षा स्थगन गर्ने निर्णय गरेको थियो ।

फेदीखोला र खड्केटारी बजारमा बसेका फेदीखोला गाउँपालिका–५ बागे मैदान मावि र ४ गलेम शीतला माविका विद्यार्थीलाई आज बिहानदेखि घर पु-याउन यातायातको व्यवस्था गरिएको उनले बताए । यसपटकको सो परीक्षामा देशभर कूल चार लाख ८२ हजार ७०७ विद्याथी सहभागी हुने जनाइएको थियो । रासस

प्रतिक्रिया दिनुहोस्