आंचल शर्माले मनाइन आफ्नो जन्मदिन अनाथ बालबालिकासँग



काठमाडौं : नायिका आंचल शर्मा २५ वर्ष पूरा भएर २६औँ वर्षमा प्रवेश गरेकी छन् । सन् १९९५ मार्च १९मा आंचलको जन्म काठमाडौंमा भएको हो । शर्माले आफ्नो जन्मदिन अनाथ बालबालिकासँग मनाइन् । उनी आफ्ना पति उदिप श्रेष्ठ र बाबु–आमासँग गोकर्णमा रहेको ‘संयुक्त अपाङ्ग एकता आवाज केन्द्र’मा जन्मदिन मनाउन पुगेकी थिइन् ।

जुन केन्द्रमा ४८ जना बालबालिका रहेका छन् । नायिका शर्माले बालबालिकाहरुलाई खानेकुरा वितरण गरेकी थिइन् । साथै आंचलले केन्द्रलाई १ लाख १० हजार रकम समेत सहयोग गरिन् ।

आंचल अभिनेत्री, मोडल र भिजेको रुपमा परिचित नाम हो । उनले आफ्नो अभिनय यात्राको आरम्भ चलचित्र ‘नाइँ नभन्नु ल ४’ बाट गरेकी थिइन् । पहिलो चलचित्रको सफलतापछि उनले ‘जोनी जेन्टलम्यान’,‘शत्रु गते’,‘ब्ल्याक’ लगायतका चलचित्रहरुमा अभिनय गरिसकेकी छिन् ।

साथै उनले दर्जनौंको संख्यामा म्युजिक भिडियोमा पनि अभिनय गरेकी छन् । आँचलले फागुन २९ गते चितवन निवासी डा.उदीप श्रेष्ठसँग विवाह गरिसकेकी छन् ।

प्रतिक्रिया दिनुहोस्