कोरोना भाइरसका कारण सिनेमा हलहरु बन्द



काठमाडौं: विश्वभर फैलिएको कोरोनाभाइरसका कारण सरकारले भिडभाड हुने कार्यक्रम नगर्न र दर्शकको चाप रहने हलमा नजान पटकपटक आग्रह गरिरहेको छ । प्रदर्शन मिति तोकेका केही चलचित्रहरु ‘म यस्तो गीत गाउँछु २’ , ‘नीरफूल’, ‘लक्का–जवान’ले प्रदर्शन मिति स्थगन गरेर बसे ।

कोरोनाभाइरसको त्रासले हलमा दर्शकको उपस्थिति निकै न्यून रहेको छ । जसका कारण सिनेमा हलहरु बन्द हुने अवस्थामा पुगेका थिए । सरकारको दोस्रो निर्णयसँगै अब देशभरका सिनेमा हलहरु बन्द हुने भएको छ ।

नेपाल सरकारले आउँदो वैशाख १८ गते सम्मलाई सम्पूर्ण सिनेमा हलहरु बन्द गर्ने निर्णय गरेको छ । उपप्रधान एवं रक्षामन्त्री ईश्वर पोखरेलको नेतृत्वमा रहेको कोभिड–१९ रोकथाम तथा नियन्त्रण उच्च स्तरीय समन्वय समितिले बुधवार वैशाख १८ सम्मलाई सिनेमा हल, सांस्कृतिक केन्द्रहरु, रंगशाला, जिम, हेल्थ क्लब,म्युजियम लगायतका मनोरञ्जन स्थल बन्द गर्ने निर्णय गरेको हो ।

प्रतिक्रिया दिनुहोस्